सिलगढी: एसएफआई, डिवाईएफआई र अखिल भारतीय रिपब्लिकन महिला समितिले एक नाबालिगको सामूहिक बलात्कारको बिरूद्ध सिलगढी पुलिस आयुक्तालय अगाडि विरोध प्रदर्शन गरे। संगठनका सदस्यहरुले दोषीलाई कडा कारबाही गर्न माग गरेका छन्। यस दिन संगठनका सदस्यहरू र्यालीमार्फत सिलगढी पुलिस आयुक्तालय पुगेका थिए। तर, र्यालीलाई पुलिसले गेट अगाडि नै रोकेको थियो। जसका कारण आन्दोलनकारी र पुलिसबीच झडप भएको थियो। वातावरण शान्त भएपछि संगठनको ६ सदस्यीय प्रतिनिधिमण्डल गएर पुलिस आयुक्तलाई भेटेको थियो। संगठनले पुलिस आयुक्तसँग अपराधीलाई कडा कारबाही गर्न माग गरेको छ। साथै उनले महिलाको सुरक्षाको प्रत्याभूति गर्न पनि माग गरे।









