आरजी कर मामिलामा दोषीहरूलाई सजायको माग गर्दै तृणमूलको र्‍याली

Capture7-4

सिलगढी: मुख्यमन्त्रीको निर्देशनमा तृणमूल आरजी कर काण्डमा दोषीलाई फाँसी दिनुपर्ने माग गर्दै सिलगढीमा सडकमा उत्रिएको छ। सिलगढीको वार्ड नम्बर १३ को तृणमूल कांग्रेस कमिटीले शनिबार एक रैलीको आयोजना गरेको थियो। र्‍यालीमा तृणमूल कांग्रेस दार्जिलिङ जिल्ला अध्यक्ष पापिया घोष, वार्ड १३ का पार्षद माणिक दे लगायत सयौं कार्यकर्ता र समर्थकहरू सहभागी थिए। यस दिन र्‍यालीले वडाका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो। तृणमूलले शहरका सबै वार्डमा र्‍याली निकालेको बताइएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement