मथुरा: हरेक वर्ष झैं वृन्दावनको आश्रय गृहमा बस्ने विधवा र विपन्न महिलाहरूले प्रधानमन्त्री नरेन्द्र मोदीलाई आफ्नै हातले बनाएको राखी पठाएका छन्। सुलभ इन्टरनेशनलको विधवा सहायता कार्यक्रमकी उपाध्यक्ष विनिता वर्माले यो परम्परा यसका संस्थापक विन्देश्वरी पाठकले शुरु गरेको बताइन्। अन्य महिलाले जस्तै सबै प्रकारका शुभ सांस्कृतिक कार्यक्रम तथा चाडपर्व मनाउने अधिकार विधवा महिलालाई पनि रहेको उनले बताए। उनले यसपटक भगवान राम र ठाकुर बाँकेबिहारीको तस्बिरसहितका ५ सय ५१ राखी प्रधानमन्त्रीलाई पठाइएको बताए।










