महिला डाक्टरको न्यायको मांगमा खरसाङमा मैनबत्ती रैली

IMG-20240817-WA0272

खरसाङ: कोलकोतामा महिला डाक्टरको बलत्कार र हत्याको विरोधमा खरसाङ महकुमा अस्पतालको डाक्टरहरू, नर्सहरू र स्वाथ्यकर्मीहरूले आज साँझ मैनबत्ती रैली निकालेका छन्। महिला डाक्टरको बलत्कार र हत्याको विरोधमा साथै महिला डाक्टरले न्याय पाउनुपर्छ भन्ने मांगमा खरसाङ महकुमा अस्पताल परिसरबाट निकालिएको मैनबत्ती रैली वर्ध्दमान रोड हुँदै मोटर स्ट्याण्ड पुगेर हिल कार्ट रोड भएर पुन: अस्पताल परिसरमा आएर समाप्त भएको छ। उक्त मैनबत्ती रैलीमा खरसाङ महकुमा अस्पतालको डाक्टर, नर्सहरू, स्वास्थ्यकर्मीहरू साथै खरसाङको संघ संस्थाहरू र स्थानीय जनताहरूले सहभागिता जनाएका थिए। उक्त मैनबत्ती रैलीपछि खरसाङ महकुमा अस्पताल परिसरमा सबैले मैनबत्ती जलाएर महिला डाक्टरको न्यायको मांग गर्दै श्रध्दाञ्जली अर्पण गरेका थिए। उक्त मैनबत्ती रैली विषयमा पत्रकारहरूसित कुराकानी खरसाङ महकुमा अस्पतालको डाक्टर अनुपमा विश्वासले कोलकोतामा महिला डाक्टर बलत्कार र हत्याको विरोधमा साथै महिला डाक्टरले न्याय पाउनुपर्छ भन्ने मांगमा खरसाङमा मैनबत्ती रैली आयोजना गरिएको बताएकी छन्। उनले यस घटनालाई लिएर हामी तीब्र विरोध जनाउँदछौं भन्दै यो अत्याचारपूर्ण घटनाको घोर विरोध जनाउँदै झट्टै न्यायको मांग गर्दछौं भनी बताएकी छन्। यस मैनबत्ती रैलीमा सामेल जीटीएको स्वास्थ्य विभागको एमओडी सभासद श्याम शेर्पाले कोलकोताको घटनालाई लिएर खरसाङ महकुमा अस्पतालबाट निकालिएको रैलीमा आफुहरू पनि सामेल भएको र यस घटनाप्रति हामी घोर भर्त्सना जनाउँदछौं भनी बताएका छन्।

त्यसरी नै खरसाङ खण्ड पञ्चायत समिति सभापति अनु छेत्री प्रधानले पनि पत्रकारहरूसित कुराकानी गर्दै महिला डाक्टरले न्याय पाउनुपर्छ भनी निकालिएको रैलीमा हामी पनि साथ दिन्दै सामेल भएका छौं अनि खरसाङको जनताले पनि साथ दिएको बताएकी छन्। उनले देशमा नारीहरू सुरक्षित हुनुपर्छ अनि महिला डाक्टरले न्याय पाउनुपर्छ भनी बताएकी छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement