आरजी कर घटनाको विरोधमा उत्तर बंगाल मेडिकल कलेज एवं अस्पतालमा बाहिरी सेवाहरू बन्द

IMG-20240817-WA0207

सिलगढी: आरजी कर घटनाको विरोधमा आज उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा बाहिरी सेवाहरू बन्द रह्यो। उल्लेखनीय छ, आरजी कर घटनालाई लिएर पूरै राज्यमा आक्रोश छ। यसैबीच आईएमएले घटनाको विरोधमा आज देशभर २४ घण्टा बन्दको आह्वान गरेको छ। यसको प्रभाव शनिबार उत्तर बंगाल मेडिकल कलेज र अस्पतालमा परेको थियो। आज बिहानैदेखि मेडिकल कलेज र अस्पतालका टिकट काउन्टर बन्द छन्। जसका कारण बिरामी र तिनका परिवारले धेरै समस्या भोग्नु परेको छ। तर, बाहिरी क्षेत्र बन्द भए पनि आकस्मिक विभाग खुलेका छन् र त्यहाँ बिरामीको चाप बढेको छ। धेरैले उपचारका लागि टाढा टाढाबाट आउने गरेको तर बन्दका कारण निकै समस्या भएको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement