अपर बतासे गोरेटो परिवार समाजको अर्धवार्षिक सभा तथा सम्बर्दना कार्यक्रम सम्पन्न

IMG-20240817-WA0253

मझुवा: अप्पर बतासे गोरेटो परिवार समाजको आज अर्धवार्षिक सभा सम्पन्न गरियो। आजको यस सभा सभापति समाजकै सभापति समाजकै सभापति जीवन तामाङ रहेका थिए।यस सभामा समाजको पक्षबाट यस वर्ष के कस्ता कार्यक्रमहरु गरियो सो बारे सचिवले बिस्तारमा जानकारी गराए ।समाजका कोषाध्यक्षले समाजको फाँटबारी सम्पूर्णमा सुनाए ।आजको यस अर्धवार्षिक सभामा समाजका दिवंगत सदस्य सदस्यहरूलाई सम्झना गर्दै उनीहरूका परिवारलाई शोक संवेदना पत्र पनि प्रदान गरियो। यसै समाजका संस्थापक सदस्य मणिकुमार प्रधानको कान्छी नातिनी अनुश्रिया प्रधानले यस वर्ष माध्यमिक परीक्षामा सर्वाधिक अङ्क प्राप्त गरी विद्यालय टप्पर बनेकीमा उनलाई समाजको तर्फबाट सम्मानपत्र पनि प्रदान गरियो। ज्ञात रहोस् अप्पर बतासे गोरेटो परिवार समाजले प्रतिवर्ष नै यस भेगमा विविध सामाजिक कार्यक्रमहरू गर्दै आइरहेको छ।

अप्पर बतासे गोरेटो परिवार समाज एक सक्रिय समाजको रुपमा तथा उदाहरणको रुपमा यस भेगमा चिनिने गरिन्छ। कार्यक्रम सञ्चालन समाजका सचिव कपिल प्रधानले गरेका थिए। आजको यस अर्धवार्षिक सभा तथा छोटो कार्यक्रममा समाजका सम्पूर्ण सदस्यको बाक्लो उपस्थिति रहेको थियो।

अब उसो समाजले अझ के कस्ता कार्यक्रमहरू गर्नपर्ने भन्ने बारे चर्चा परिचर्चा पनि गरियो। अन्त्यमा दिवसीय सभापतिले उपस्थित सबैलाई धन्यवाद टक्र्याउँदै सभा समापनको घोषणा पनि गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement