खरसाङको लङ्भ्यु चियाबारीमा दैनिक हाजिराको मागंमा श्रमिकहरूद्वारा प्रबन्धक कार्यालय घेराऊ

IMG-20240817-WA0245

खरसाङ: खरसाङको लङ्भ्यु चिया कमानमा दैनिक हाजिराको मांग गर्दै श्रमिकहरूले बगानको प्रबन्धन कार्यालय घेराऊ गरेका छन्। लङ्भ्यु चियाबारीमा श्रमिकहरूले दैनिक हाजिराको पैसा विगत तीनवटा पन्ध्रको नपाएको र अबको केही दिनपछि चार पन्ध्र अर्थात् ६० दिनको हाजिरा पाउनु पर्ने रहेको जानकारी प्राप्त भएको छ। यसको साथै बगानमा कार्यरत् स्टाफहरूको पनि तीन महिनाको वेतन नपाएको जानकारी प्राप्त भएको छ। यसै हाजिरा र वेतन विषयलाई लिएर खरसाङको लङ्भ्यु चियाबारीमा आज श्रमिकहरूले प्रबन्धकको कार्यालय घेराऊ गरेका छन्।

करोडौँको बकाया राशिको पहाड बनाएर श्रमिकहरूलाई अलपत्र पार्ने नीति कमानले लिएको भन्दै श्रमिकहरूले कार्यालय घेराऊ गरेको छ। आफ्नो श्रमको ज्याला, बकाया राशि दिनैपर्छ भन्ने माग गरिरहेका श्रमिकहरूले प्रबन्धन पक्ष असक्षम भएको खण्डमा मालिकसँग भेट गर्ने माग राखेका थिए। हिल प्लान्टेशन इम्प्लोइज युनियनको अगुवाईमा जम्मा आठवटा ठोस माग लिएर श्रमिकहरू भेला भएका थिए भने बगानको प्रबन्धक र प्रबन्धन पक्ष भने सकरात्मक पहल गर्न तयार नभएको प्रष्ट भएपछि अफिस घेराउ अझ जारी नै रहेको छ। श्रमिकहरूको धरणा र कार्यालय घेराऊमा रहेका हिल प्लान्टेशन इम्प्लोइज युनियनको सचिव सुमेन्द्र तामाङले पत्रकारहरूसित कुराकानी गर्दै लङ्भ्यु चियाबारीमा श्रमिकहरूले विगत तीनवटा पन्ध्रको दैनिक हाजिरा नपाएको तथा यहाँको स्टाफहरूले मविगत तीन महिनादेखि वेतन नपाएको जानकारी गराएका छन्। उनले आज बिहान ८ बजेदेखि श्रमिकहरू आफ्नो दैनिक हाजिरी पाउनु पर्ने मांग गर्दै चियाबारीको प्रबन्धक कार्यालय घेराऊ गरिएको र कार्यालय अघि धरणामा बसिएको बताएका छन्। यसको साथै लङ्भ्यु चियाबारीमा श्रमिकहरूले पाउनु पर्ने पीएफ र ग्राजुएटी भुक्तानमा पनि धेरै समस्या रहेको बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement