साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीको निधनमा तीनधारेमा शोक सभा

IMG-20240817-WA0236

खरसाङ: वरिष्ठ साहित्यकार एंव शिक्षाविद् साथै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको पूर्व प्रधान अध्यापक हस्त नेचालीको निधनमा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयद्वारा शोक सभा आयोजना गरिएको छ। उक्त शोक सभा तीनधारे उच्चत्तर माध्यमिक विद्यालयकी प्रभारी शिक्षिका रञ्जना प्रधानको अध्यक्षतामा सम्पन्न भएको छ। उक्त शोक सभामा पूर्व प्रधान अध्यापक एवं वरिष्ठ साहित्यकार हस्त नेचालीको परिचय र उनको योगदान विषयमा वरिष्ठ शिक्षक देबेन्द्र लामाले वक्तव्य राखेका थिए। त्यसरी नै तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको नौजनाको टोली पुसुम्बिकस्थित हस्त नेचालीको पैतृक गाउँ पुगेर अन्तिम यात्रामा सामेल भएको जानकारी तीनधारे उच्चत्तर माध्यमिक विद्यालयको सह शिक्षक देवेन मंगरले दिएका छन्। उनले दिएको जानकारी अनुसार पूर्व प्रधान अध्यापक हस्त नेचालीको घरमा नै शोक सभा आयोजना पनि गरिएको र उक्त शोक सभामा शिक्षिका सञ्जुली छेत्री र सभाध्यक्षा एंव शिक्षक प्रभारी रञ्जना प्रधानले हस्त नेचालीको शिक्षा क्षेत्रमा दिएको योगदान लगायत तीनधारे क्षेत्रमा साथै अन्य विभिन्न विषयहरूमा दिएको योगदानको उल्लेख गर्दै वक्तव्य राखेका थिए। उल्लेखनीय छ वरिष्ठ साहित्यकार एंव शिक्षाविद् हस्त नेचालीले सन् १९७०-७१ देखि तीनधारेमा शिक्षकको रूपमा कार्य गर्दै सन् 1996 देखि प्रधान अध्यापकको रुपमा कार्यभार सम्हालेका थिए। उनले तीनधारे क्षेत्रको साहित्य, संगीत, कला, शिक्षा, खेलकूद लगायत अन्य विभिन्न क्षेत्रहरूमा महत्वपूर्ण योगदान दिएका थिए। यसै वर्ष अप्रेल महिनामा उनको भूतपूर्व विद्यार्थीहरूद्वारा अभिनन्दन ग्रन्थ प्रकाशित गरेका थिए। भूतपूर्व विद्यार्थी युवराज सुन्दास र डा अमीर दर्जीद्वारा सम्पादित अभिनन्दन ग्रन्थ – ‘गुरु दक्षिणा – हस्त नेचाली अभिनन्दन ग्रन्थ’ प्रकाशित गरिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement