अलिपुरद्वार: आरजी कर घटनाको बिरूद्ध र दोषीलाई सजायको माग गर्दै तृणमूलको विरोध जारी छ। तृणमूल जिल्ला अध्यक्ष गंगा प्रसाद शर्मा, तृणमूल कालचिनी ब्लक नेतृत्व र सयौं कार्यकर्ताले शनिबार कालचिनीमा विरोध प्रदर्शनमा भाग लिए। यस दिन कालचिनी पुलिस थाना परिसरबाट विशाल जुलुस निकालेर कालचिनीका विभिन्न क्षेत्रको परिक्रमा गरेको थियो।