५१५औँ राजबाडी माँ मनसादेवीको पूजा जलपाईगढीमा शुरु

IMG-20240817-WA0134

जलपाईगढी: राराजबाडीको मानस पूजा र मेलाले अझै पनि जलपाईगढीको पुरानो परम्परालाई उजागर गर्दछ। जलपाईगढीको बैकुण्ठपुर राजबाडीको ५१५ वर्ष पुरानो मनसा पूजा शनिबारदेखि शुरु भएको छ। उत्तर बंगालको यो ५१५ वर्ष पुरानो मनसा पूजाको अवसरमा बैकुण्ठपुर राजबाडी कम्प्लेक्समा ठूलो मेला लागेको छ। राजबाडी मनसा पूजामा देवी मातालाई अमिश भोग अर्पण गरिन्छ। राजबाडीको यस पूजामा मनसादेवीका आठ विशेष रुपको पूजा गरिन्छ। यस पूजाको अवसरमा विश्वहरीको मनसा मंगल पलागन सुन्न टाढा टाढाबाट भक्तजन आउने गर्दछन्।  राजबाडीका सदस्यहरुका अनुसार राजबाडीमा माता अष्टमूर्तिको पूजा गरिन्छ। यहाँ अष्टनागको मूर्ति छ। यहाँ बेहुला, लखिन्दर, गोदा-गोदानीको मुर्ति पनि छन्। यो परम्परागत पूजा हेर्न उत्तर बंगाल, दक्षिण बंगाल, असम, बिहारबाट पनि धेरै मानिसहरु यहाँ आउने गर्दछन्। यो पूजाको मुख्य आकर्षण उत्तर बंगालको प्राचीन बिसहारी गीत र सात दिनसम्म चल्ने पर्व हो।

 बैकुण्ठपुर राराजबाडीमा पुज्ने मूर्ति उत्तर बंगालमा कतै नरहेको दाबी धेरैले गरेका छन्। पूजाको तीनै दिन विभिन्न परिकार बनाइन्छ। पूजाको पहिलो दिन सेतो चामलको भात चढाइन्छ। दोस्रो दिन खिचडी बनाइन्छ। अन्तिम दिन मिठाई भोगको रूपमा चढाइन्छ। पाँच प्रकारका माछा (हिल्सा, बोअल, चितल, सोल र पुन्टी) पनि प्रसादमा राखिएको छ। परम्परागत पुजा बाहेक बैकुण्ठपुर राजबाडीको मुख्य आकर्षण भनेको प्राचीन बिसहारी गीत हो। पूजाको तीन दिनमा त्यो गीत गाइन्छ।  आज प्रसिद्ध जलपाईगढी परम्परागत मनसा पूजा राजपुरोहित सदस्यहरूको उपस्थितिमा आयोजित गरियो। बिहानैदेखि पूजा शुरु भयो। यहाँ हरेक वर्ष पूजा हेर्न धेरै मानिसहरु आउने गर्दछन्। तर, मेला अझै शुरु भएको छैन र भोलिदेखि शुरु हुनेछ।  बैकुण्ठपुर राजपरिवारका दुई संस्थापक विश्व सिंह र शिष्य सिंहले सन् १५१० मा यस पूजाको शुरुवात गरेका थिए। अहिले यो पूजा राजपरिवारका वर्तमान सदस्यहरुले नै आयोजना गर्ने गरेका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement