सिलगढी: आरजी कर मेडिकल कलेजमा दोस्रो वर्षकी डाक्टरको दुष्कर्म र हत्याको घटनापछि देशभर आक्रोश छ। यसैलाई ध्यानमा राख्दै इन्डियन मेडिकल एसोसिएसन (आईएमए) ले देशका सबै आधुनिक चिकित्सकको सेवा २४ घण्टाका लागि बन्द गर्ने घोषणा गरेको छ। जसका कारण आज सिलगढी जिल्ला अस्पतालको बाहिरी विभाग बन्द छ। आइएमएले आह्वान गरेको हडतालमा आकस्मिक सेवा र आकस्मिक विभागहरू सञ्चालनमा राखिएको छ। तर बन्दको समयमा कुनै पनि बहिरंग विरामी विभाग (ओपीडी) पूर्ण रुपमा बन्द हुँदा चिकित्सकलाई भेट्न आउने बिरामीहरु फर्किनु परेको छ। ३१ वर्षीय डाक्टरको हत्याको विरोधमा शुक्रबार देशभरका विभिन्न शहरमा हजारौं चिकित्सकले न्याय र मेडिकल कम्प्लेक्स र अस्पतालमा राम्रो सुरक्षाको माग गर्दै र्याली निकाले।










