जङ्गली हात्तीले भत्कायो दुईवटा घर

IMG-20240817-WA0167

अलिपुरद्वार: मदारीहाट खण्डको खैरबाडी क्षेत्रका बासिन्दाहरू जंगली हात्तीको आक्रमणबाट दिक्क भएका छन्। हिजो राति तीनवटा जङ्गली हात्ती यस क्षेत्रमा प्रवेश गरी उत्पात गरेका छन्। जंगली हात्तीको समूहले यस क्षेत्रका दुईजना बासिन्दाको घरमा आक्रमण गरी दुईवटा घर पूर्णरुपमा ध्वस्त गरेको छ तर परिवारको सदस्यहरु भने यस घटनामा बाँचेका छन्।

जंगली हात्तीको आक्रमणकाे घटना बढ्दै गएकाले गाउँलेहरु एकदमै समस्यामा परेको एकजना स्थानीयले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement