खरसाङ: तीनधारेको क्रिकेट बजारस्थित रामेश्वर शिवालय मन्दिरमा चलिरहेको एक महिनाव्यपी रुद्री पाठ समापन भएको छ। सावनको महिनामा चल्ने यस महिनाव्यपी रुद्री पाठ पूजाको पूर्णावतीसितै रुद्री पाठक समापन भएको छ। यस पूर्णावतीमा तीनजना पण्डितहरू क्रमैले राजेन निरौला, प्रेम निरौला र हरि भण्डारीद्वारा पूजा अर्चना गरेर पूर्णावती गरिएको थियो। यस अवसरमा तीनधारे महानदी समष्टीको सभासद नवराज छेत्री लगायत तीनधारे र वरिपरिका भक्तजन भेला भएर पूजा अर्चना गरेका थिए। यस रामेश्वर शिवालय मन्दिरमा विगत धेरै वर्षदेखि महिनाव्यापी पूजा अर्चना र रुद्री पाठ आयोजना गर्दै आइरहेको छ। यसै क्रममा यसपाली पनि महिनाव्यपी सावनको पूजा एंव रुद्री पाठको समापन भएको छ।

उक्त महिनाव्यापी रुद्री पाठमा उपस्थित सम्पूर्ण भक्तजन र सहयोगकर्ताहरू साथै सबैप्रति रामेश्वर शिवालय मन्दिर सुधार समितिको सचिव बिनयकुमार छेत्रीले आभार प्रकट गरेका छन्।










