नयाँ दिल्ली: भारतकी दिग्गज महिला पहलवान विनेश फोगाट पेरिसबाट भारत फर्किएकी छन्। उनलाई दिल्ली एयरपोर्टमा भव्य स्वागत जनाइयो। विनेशलाई स्वागत जनाउन प्रशंसकहरू बाजागाजा लिएर एयरपोर्ट आएका थिए। विनेशलाई स्वागत जनाउन पहलवान बजरंग पूनिया र साक्षी मलिक पनि आएका थिए। यी दुईजनालाई भेट्नको साथै विनेश भावुक बनिन् अनि उनलाई लगातार रोईरहेको देखियो। विनेशलाई उनको गाउँ पुग्न अघि २० वटा स्थानमा स्वागत जनाइयो। विनेश पेरिस ओलम्पिकमा दुर्भाग्यजनक तरिकाले पदक जित्नदेखि चुकेकी थिइन्। उनले महिलाहरूकी ५० किग्रा फ्रीस्टाइल कुश्तीको फाइनलमा स्थान बनाएकी थिइन् तर स्वर्ण पदकको बाउट अघि उनको ओजन १०० ग्राम अधिक हुँदा विनेशलाई अयोग्य घोषित गरिएको थियो। आज दिल्ली एयरपोर्टबाट बाहिर निस्किन साथ विनेशलाई प्रशंसकहरूले काँधमा बोकेर गाड़ीसम्म पुऱ्याए। यस अवधि उनलाई रोईरहेको देखियो। विनेशले भनिन्, म सम्पूर्ण देशवासीलाई धन्यवाद जनाउन चाहन्छु। म धेरै भाग्यशाली छु।
पहलवान साक्षी मलिकले भनिन्, विनेशले देशको निम्ति जे गरिन् त्यो थोरैले मात्र गर्न सक्छन्। उनले अझ धेर सम्मान र सराहनी पाउनु पर्छ। उनले पदकको निम्ति आफ्नो सर्वश्रेष्ठ प्रयास गरिन्। यसरी बजरंगले भने, देशवासीले उनलाई अपार माया दिइरहेका छन्। उनलाई कस्तो स्वागत गरियो भन्ने तपाईंहरूले देख्नु भयो। उल्लेखनीय छ, फाइनल अघि अयोग्य घोषित गरिएपछि विनेशले संयुक्त रजत पदकको माग गर्दै खेल पञ्चाट (सीएएस)-मा अपील गरेकी थिइन्, जसलाई पछिबाट खारेज गरियो। पेरिसमा पदक जित्न नसक्दा विनेशले खेलबाट सन्न्यासको घोषणा गरेकी थिइन्। यो उनको तेस्रो ओलम्पिक थियो। साक्षी मलिकका पति तथा पहलवान सत्यव्रत कादियानले भने, विनेश फाइटर हुन् अनि सदा रहनेछिन्। उनी हाम्रो निम्ति एकजना च्याम्पियन हुन् अनि हामी पनि उनलाई च्याम्पियन जस्तै स्वागत जनाउनमा कुनै कमी छोड़्ने छैनौ। हामी उनलाई एकजना स्वर्ण पदक विजेताको रूपमा हेरिरहेका छौं।









