मटेली स्पोर्ट्स एकाडमी च्याम्पियन

photocollage_2024817123421114

गोरुबथान: डायमण्ड क्लब, गोरुबथानको तत्त्वावधानमा आयोजित नगद राशि इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा मटेली स्पोर्ट्स एकाडमी च्याम्पियन भयो। मालबस्ती खेल मैदानमा शुक्रवार भएको फाइनल म्याचमा मटेली स्पोर्ट्स एकाडमीले बी सेवेन फूटब क्लबलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा दुवै टीमले गोल गर्न सकेन। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी व्यक्तिगत पुरस्काहरूमा बी सेवेन फूटब क्लबका विवेकले प्लेयर अव् द म्याच र करण दहालले हाईएस्ट स्कोररको पुरस्कार जिते। यसरी ३/९ गोर्खा राइफल्सका भास्करले बेस्ट गोलकीपरको पुरस्कार जिते। फेयर प्ले ट्रफी यूपीएससीए टीमको नाममा रह्यो। फाइनल म्याचमा उमेश शर्मा मुख्य रेफरी थिए। यसरी सहायक रेफरीको भूमिकामा अलोप राई र निरेन दर्नाल रहेका थिए। अशोक रोय फोर्थ अफिसियल थिए भनी आयोजक डायमण्ड क्लबका सचिव प्रतीथ परियारले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement