जयगाउँमा गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको  जनचेतनामूलक कार्यक्रम

27e25927-6301-4a81-a371-1bc769df4f6b

  

गोरुबथान- सेवा गर्ने हात प्रार्थना गर्ने ओठभन्दा महान हुन्छ। यसै महान वाणीलाई आत्मसात गर्दै राजु छेत्री, श्याम राई र काजोल तामाङको संयुक्त प्रयासमा गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको जनचेतनामूलक कार्यक्रम जयगाउँको खोक्ला बस्ती र दलसिंहपाडामा सम्पन्न भएको जानकारी सुरेन प्रधानले दिएका छन्।

गोर्खा च्यारिटेबल हस्पिटल साङ्गठनिक समितिका महासचिव तथा हिमालयन वेल्फेयर अर्गनाइजेसनका अध्यक्ष सुरेन प्रधानले आफ्नो सम्बोधनमा गोर्खा च्यारिटेबल हस्पिटलको औचित्य पुर्ण रुपले जानकारी गराउदै यो परिकल्पित हस्पिटल सुकना र सालबारी नजिक बनिने बताए। यो हस्पिटल भविष्यमा २५० बेड बाट शुरु गरेर १ हजार बेडसम्म पुऱ्याउने योजना रहेको पनि बताए। यस हस्पिटलमा जम्मै बिरामीको उपचार सुलभ मुल्यमा हुनेछ। बिरामीको परिवार कम खर्चमा बस्नको निम्ति एउटा भवन पनि निर्माण गरिने पनि उनले जानकारी गराए। यो हस्पिटल ट्रस्टले चलाउने हुनाले यो हस्पिटलले कुनै परिस्थितिमा पनि ब्यवसायिक बाटो अप्नाएर साधारण मानिसलाई ठग्न नसक्ने कुरोको जानकारी गराए। यो हस्पिटलमा धेरै डाक्टरहरू गोर्खे हुने हुनाले भाषाको समस्या पनि नहुने बताए।  यसको निम्ति सबै एक भएर अघि आइ दिने आग्रह गरे। त्यसरी नै असहाय बिरामीहरूलाई सहयोग पुराउने उदेश्यले हिमालयन वेल्फेयर अर्गनाइजेसनको गठन गरिएको तिनले बताए। बिपन्न परिवारका सरकारी स्कुलबाट अब्बल दर्जामा उतिर्ण हुने बिद्यार्थीहरूलाई आर्थिक सहयोग गर्ने यो संस्थाको दोस्रो उदेश्य रहेको,  र प्रतिभावान युवाहरूलाई सम्बन्धित क्षेत्रमा सहयोग पुऱ्याउन र जग्गा जग्गामा मेडिकल क्याम्प र ब्लड डोनेसन क्याम्पको आयोजना गरि स्वास्थबारे जागरुकता गराउन पनि यो संस्थाको उदेश्य रहेको तिनले बताए। सबैले नै गोर्खा च्यारिटेबल हस्पिटल र हिमालयन वेल्फेयर अर्गनाइजेसनको परिकल्पनालाई मन पराए अनि सक्दो सहयोग गर्ने बचन दिए ।  उक्त जनचेतना कार्यक्रममा  दावा मोक्तानको पनि विशेष भुमिका थियो भने बिराज लामा, छिरिङ डुक्पा, पेम्बा लामा  र     नितु राणा आदि उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement