जलढाका: जलढाका स्पोर्ट्स एसोसिएशनको तत्त्वावधानमा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा नक्सल ग्रेफ च्याम्पियन भयो। झोलुंग खेल मैदानमा शुक्रवार खेलिएको फाइनल म्याचमा नक्सल ग्रेफले दलसिंगपाड़ा स्पोर्ट्स एकाडमी (डीएसए)-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। यसअघि नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनल म्याचमा मुख्य अतिथिको रूपमा लाक्पा नामग्याल भूटिया (सभासद) उपस्थित थिए। च्याम्पियन टीमका गोलकीपर एजराले प्लेयर अव् द म्याच र बेस्ट गोलकीपरको पुरस्कार जिते।

यसरी डीएसए-का समीर राईले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते। यसरी अण्डर-१२ इण्टर स्कूल टुर्नामेण्टको फाइनलमा स्प्रिंगडेल स्कूलले मिजपाह एकाडमीलाई २-०-ले पराजित गऱ्यो भनी आयोजक समितिको पक्षमा रतन लामाले जानकारी दिएका छन्।










