झापा: पूर्व पश्चिम लोकमार्ग अन्तर्गत बदगामामा कन्चनपुरबाट भारदह तर्फ जाँदै गरेको को १ ख ७४१४ नम्बरको डिजल लोड गरेको ट्याङकरले भारदहबाट कन्चनपुरतर्फ आउँदै गरेको प्र १-०२-०४७ प १२८० को मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी हरिनगरा गाउँपालिका-३ का ४१ वर्षीय महेशकुमार मेहताको घट्नास्थलमै मृत्यु भएको छ।
सोही मोटरसाइकलमा सवार सोही ठाउँका ४२ वर्षीय जयप्रकाश मेहता घाइते भई गजेन्द्र नारायण सिंह अस्पताल राजबिराज ल्याइएकोमा उपचारको क्रममा उनको पनि मृत्यु भएको प्रहरीले जनाएको छ।