बेलबारीको श्रमिक महिला समूहद्वारा बिद्यालयमा पङखा, फिल्टर तथा खाजा बितरण

IMG-20240817-WA0060

झापा: माेरङकाे बेलबारी ५ स्थित जनता आधारभुत बिधालयमा श्रमिक महिला समुह बेलबारी १ ले शुक्रवार पङ्खा, फिल्टर लगायतका सामान बितरण गरेको छ। बिधालयमा सबै कक्षा कोठामा पर्याप्त पङ्खा नभएको र खानेपानीका लागि कलको पानी खानुपर्ने भएकाले उक्त पानीलाई फिल्टर गर्नका निम्ति फिल्टर बितरण गरेको श्रमिक महिला समुहकि अध्यक्ष इन्दु थापा पौडेलले बताइन्। पुजेर हैन बुझेर धर्म गरौं सेवा नै धर्म हो, भन्ने मुल नाराका साथ यस संस्थाले यो भन्दा अगाडि पनि थुप्रै यस्ता काम गर्दै आएका छन। बितरण कार्यक्रममा संस्थापक अध्यक्ष समेत रहेकी बेलबारी नगरपालिका कि उपप्रमुख नितु थापा कोइरालाको समेत उपस्थिति रहेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement