नयाँ दिल्ली: दुईपल्टकी च्याम्पियन नाओमी ओसाकाको साथमा तीन अन्य पूर्व च्याम्पियन स्टेन वावरिंका, डोमिनिक थिएम र बियांका एण्ड्रूस्कूलाई २६ अगस्तदेखि शुरु हुने सालको चौथो तथा अन्तिम ग्राण्ड स्ल्याम यूएस ओपन टेनिस टुर्नामेण्टमा वाइल्ड कार्ड दिइएको छ। जापानकी महिला खेलाड़ी ओसाकाले अहिलेसम्म ४ वटा ग्राण्ड स्ल्याम खिताब जितेकी छन्। उनले आफ्नो पहिलो ग्राण्ड स्ल्याम खिताब २०१८-मा यूएस ओपनमै जितेकी थिइन्। त्यसपछि उनी यहाँ २०२०-मा पनि च्याम्पियन बनेकी थिइन् तर वाइल्ड कार्ड पाउने अन्य खेलाड़ीहरू झैं उनले पनि गत केही सालदेखि अधिकांश टुर्नामेण्टमा खेलिनन्। यसैकारण उनी वर्ल्ड ऱ्याङकिंगमा झरेर निक्कै तय पुगेकी छन्, जुन यूएस ओपनमा सीधा प्रवेश पाउन पर्याप्त थिएन। ओसाका गत वर्ष छोरीको जन्मपछि यस सीजनमा डब्ल्यूटीए टूरमा फर्किएकी छन् तर उनलाई अहिले पनि त्यस फर्मको खोज रहेको छ, जसको दममा उनी एक समय विश्वकी नम्बर एक खेलाड़ी बनेकी थिइन्। यूएस ओपनमा २०१९-मा सेरेना विलियम्सलाई पराजित गरी खिताब जित्ने कनाडाकी खेलाड़ी एण्ड्रूस्कू पनि गत साल फ्रेञ्च ओपनमा फर्किन अघि ढाड़को चोटले थला परेकी थिइन्।
यसरी अष्ट्रियाका थिएमलाई पनि सालको अन्तिम ग्राण्ड स्ल्याममा खेल्ने मौका प्राप्त हुनेछ। उनले यस सालको शुरुवातमै यस सीजनको समापनपछि खेलबाट सन्न्यास लिने घोषणा गरेका थिए। यस ३० वर्षीय खेलाड़ीले आफ्नो एकमात्र ग्राण्ड स्ल्याम खिताब २०२०-मा यूएस ओपनको रूपमा जितेका थिए तर गत तीन सालदेखि उनी नाड़ीको चोटसँग जुझिरहेका छन्। स्विट्जरल्याण्डका वावरिंकाले आफ्नो तीन ग्राण्ड स्ल्याम खिताबहरूमा एउटा २०१६-मा यूएस ओपनमा जितेका थिए। गत केही सालदेखि खराब प्रदर्शनले गर्दा उनी शीर्ष १००-बाट बाहिर भएका छन्। महिला वर्गमा अमाण्डा अनिसिमोवा, मेकार्टनी केसलर, एलेक्सा नोएल र इवा जोविचको साथमा फ्रान्सकी क्लो पेक्वेट र अष्ट्रेलियाकी तालया प्रेस्टनलाई पनि वाइल्ड कार्ड दिइएको छ। वाइल्ड कार्ड पाउने पुरुष खेलाड़ीहरूमा अमेरिकाका क्रिस यूब्यांक, लर्नर टीएन, जाचरी स्वज्दा र म्याथ्यू फोर्ब्सको साथमा फ्रान्सका एलेक्जेण्डर मुलर र अष्ट्रेलियन खेलाड़ी ट्रिस्टन स्टूलकेट सामेल छन्।