गान्तोक: सिक्किमका राज्यपाल ओम प्रकाश माथुरले आज १४,१४० फीट उचाईमा स्थित नथुला घाटीको भ्रमण गर्दै भारतीय सेनाका जवानहरूसॅंग भेट गरे। राज्यपाललाई १७ माउण्टेन डिभिजनका जीओसी जनरल अमित कबतियालले नथुला र यससॅंग सम्बन्धित इतिहासको बारेमा जानकारी प्रदान गरे। उक्त जानकारी राजभवनले प्रेस विज्ञप्तिमा दिएको छ।
राज्यपालले भारतीय सेनाका जवानहरूको हौसला बढाउॅंदै भने, नथुला घाटीले १९६७ मा आफ्नो पराक्रमको परिचय दिॅंदै देश मात्र होइन तर विश्वमै आफ्नो ख्याति स्थापित गरेको छ। सीमामा तैनात देशका रक्षकहरू दुर्गम परिस्थितिहरू र प्रतिकूल मौसममा पनि मातृभूमिको रक्षाको निम्ति सदैव तत्पर रहन्छन्। राज्यपालले उनीहरूका समर्पण र प्रतिबद्धता अभिनन्दनीय रहेको बताउॅंदै जवानहरूसॅंग बताएको क्षणलाई अविस्मरणीय बताए। उनले भने, सोंचको उचाई, संकल्प शक्ति र जवानहरूको औंठको मुस्कान हाम्रो देशको शक्ति हो।
यस अवसरमा राज्यपालले सेनाका जवानहरूलाई राष्ट्रिय ध्वज भेट गरे। राज्यपाल सेरेथाङ वार मेमोरियल पुगेर वीरगति प्राप्त अमर बलिदानीहरूलाई पुष्पाञ्जलि अर्पण गरेर श्रद्धाञ्जलि दिए। यसै क्रममा राज्यपालले लगभग १४ सय फीटमा स्थित बाबा हरभजन सिंहको मन्दिरको दर्शन गरेर राज्यवासीहरू र आत्मीय जनहरूको सुख, समृद्धि र शान्तिको निम्ति प्रार्थना गरे।
राज्यपालले लगभग १२,४०० फीटमा स्थित पवित्र छाङ्गु झीलको पनि भ्रमण गरे। राज्यपालको रूपमा पदभार ग्रहण गरेपछि राज्यपालको भारतीय सेनासॅंग भेट अत्यन्त सफल रहेको बताइएको छ।