आरजी कर हत्या प्रकरणमा सीबीआईको अनुसन्धान

CBI

कोलकाता: कोलकाताको आरजी कर मेडिकल कलेज एवं अस्पतालकी एक महिला प्रशिक्षार्थी डाक्टरको कथित हत्याको मामलामा उनका आमाबाबुले केन्द्रीय अनुसन्धान ब्यूरो (सीबीआई)लाई भने, ‘त्यही कलेजका केही इन्टर्न र डाक्टरहरू अपराधमा संलग्न छन्।‘ एक अधिकारीले शुक्रबार यो जानकारी दिए। गत हप्ता आरजी कार मेडिकल कलेज तथा अस्पतालमा एक महिला डाक्टरको दुष्कर्मपछि हत्या भएको थियो। सीबीआईले कोलकाता उच्च अदालतको आदेशमा यो मुद्दाको अनुसन्धान गरिरहेको छ। डाक्टरका अभिभावकले सरकारी अस्पतालमा छोरीको हत्यामा संलग्न भएको आशंका गरिएका व्यक्तिहरूको नाम सीबीआईलाई पनि उपलब्ध गराए। एक सीबीआई अधिकारीले भने, ‘अभिभावकहरूले हामीलाई आफ्नो छोरीको यौन उत्पीडन र हत्यामा धेरै व्यक्तिको संलग्नता भएको आशंका गरेको बताए। उनले हामीलाई आरजी कर अस्पतालमा छोरीसँग काम गर्ने केही इन्टर्न र डाक्टरहरूको नाम दिएका छन्।‘

‘हामीले कम्तिमा ३० वटा नामहरूमा ध्यान केन्द्रित गरेका छौं, जसलाई हामी सोधपुछका लागि बोलाउनेछौं’, सीबीआई अधिकारीले भने, ‘हामीले उनीसँग पनि सोधपुछ शुरु गरेका छौं।‘ सीबीआईले शुक्रबार घटनाको रात डाक्टरसँग ड्युटीमा रहेका अस्पतालका कर्मचारी र दुई स्नातकोत्तर प्रशिक्षार्थी (पीजीटी) लाई बोलाएको थियो। सीबीआई अधिकारीहरूले बिहीबार राति ताला पुलिस चौकीका इन्चार्ज अधिकारीलाई सोधपुछ गरेका थिए। स्नातकोत्तर तहका प्रशिक्षार्थीको शव ९ अक्टोबर आरजी कर अस्पतालको सेमिनार कोठामा भेटिएको थियो। यस सम्बन्धमा पुलिसले भोलिपल्ट एक सिभिक भोलेन्टियरलाई पक्राउ गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement