उत्तर कोरियाले पर्यटकका लागि सिमाना खुला गर्ने

Kim-Jong-Un

उत्तर कोरियाले झण्डै चार वर्षपछि विदेशी पर्यटकका लागि आफ्नो सिमाना खुला गर्ने भएको छ। उत्तर कोरियाले २०२० को प्रारम्भमा कोविड महामारीको समयमा आफ्नो सिमाना बन्द गरेको थियो। त्यसपछि अब उसले आफ्नो एउटा शहर पर्यटकका लागि खोल्ने निर्णय गरेको छ। दुई चिनियाँ टुर अपरेटरहरूले चाँडै पर्यटकहरूलाई उत्तर कोरियाको पहाडी शहर सामजियोन भ्रमण गर्न अनुमति दिनसक्ने बताएका छन्। कोभिड महामारीको बेला उत्तर कोरियाले लगाएको प्रतिबन्धमा केही खुकुलो गत वर्ष शुरु भएको थियो। उत्तर कोरियाको सीमा बन्द भएपछि देशमा खाद्य संकट उत्पन्न भएको छ। आणविक कार्यक्रमका कारण उत्तर कोरियाले अन्तर्राष्ट्रिय प्रतिबन्धको सामना गरिरहेको छ। जसका कारण त्यहाँको अर्थतन्त्रमा ठूलो दबाव परेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement