हिमालयन ब्रिड मोटरबाइक क्लबले गऱ्यो स्वच्छताको सन्देशको साथ सयौँ बाइकर्सको ऱ्याली गान्तोकदेखि नाथुलासम्म

WhatsApp-Image-2024-08-16-at-18.24.14

गान्तोक: भारतको स्वाधिनताको ७८औँ वर्षको अवसरमा सिक्किमको अन्तराष्ट्रीय सिमाना तथा प्रमुख पर्यटकी गन्तव्य नाथुला, बाबा मन्दिर छाङ्गु क्षेत्रको स्वच्छता र पर्यावरण संरक्षणको जागरूकताको साथमा हिमालयन ब्रिड मोटरबाइक क्लब गान्तोकको आयोजनमा गान्तोक रिज पार्कदेखि नाथुलासम्म मोटरबाइक ऱ्याली आयोजन गरियो। स्यारी निर्वाचन क्षेत्रका विधायक तेञ्जिङ नोर्बु लाम्टाले झण्डा देखाएर लगभग दुइ सय मोटरबाइक राइडर्सलाई विदा गरे। विशेष रूपमा उनले भारतीय सेनाका जवानहरूको सीमा सुरक्षामा योगदान र स्वाधिनताको निम्ति देशका नेताहरूले गरेको बलिदानको सम्झना गर्दै भावि पिडीले पनि यसलाई सम्झना गरेर देश प्रेम र समृद्धिको निम्ति काम गर्ने दिनको रूपमा मान्नु पर्ने आह्वान गरे। उनले क्लब र अऩ्य विभिन्न संघका बाइक राइडर्सहरूलाई शुभकामाना दिँदै स्वच्छताको सन्देशसितै देश प्रेम र स्वाधिनताको महत्वको बारेमा मानिसहरूलाई अवगत गराउने आह्वान गरे।

बाइकर्सहरूलाई गान्तोकबाट  छाङ्गु , थेगु  नाथुला, बाबा मन्दिरमा स्वागत गरिएको थियो। नाथुलामा १३ महार रेजिमेन्टका ब्रिग्रेडियर अमित कुमार शर्माले ऱ्यालीलाई झण्डी हल्लाएर फ्ल्याग इन गरे। उनले सिक्किमका बाइकर्सहरूसित ७८औँ स्वतन्त्रता दिवस पालन गर्न पाएकोमा खुसी अनुभव गरेको बताउँदै स्वाधिनता दिवसको शुभकामना दिए। अर्कोतिर क्लबका प्रमुख सोनाम पाल्जोर भोटियाले यो बाइक ऱ्याली आयोजन गर्नको मुख्य उद्देश विश्वले भोगिरहेको प्रदुषणको समस्या र यसले भविष्यमा पार्ने समस्याबारे मानिसहरूमा जागरूता फैलाउनु रहेको बताए।

यसैगरि यो बाइक ऱ्यालीमा लगभग दुइसय बाइकर्सले सहभागी दिएको अनि उनीहरू सिक्किमको विभिन्न क्लबसित सम्बन्धित गरेको बताए। यो कार्यक्रम सफल बनाउन भारतीय सेनाको १३ महार रेजिमेन्ट, नाथाङ ग्राम पञ्चायत एकाई, सिक्किम पुलिस र  विभिन्न सहयोगीहरू प्रति आभार प्रकट गरे। यसैगरि क्लबका प्रतिनिधि केसाङ भोटियाले सबैलाई आभार प्रकट गर्दै यो ऱ्याली सफल बनाउन प्रत्यक्ष अप्रत्य़क्ष रूपमा सहयोग पुऱ्याउने सबैप्रति कृतज्ञता व्यक्त गरे। यसैगरि उनले विधायक तेञ्जिङ नोर्बु लाम्टा, नगर पार्षद पेमा लाम्टा तथा विभिन्न सहयोगीहरूलाई धन्यवाद जनाए। सहभागी बाइकर्स तथा विभिन्न सहयोगीहरूलाई क्लबले सम्मानमा स्मृति चिन्ह प्रदान गरेको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement