अखिल भारतीय गोर्खा विद्यार्थी महासंघको पुल- बिजनबारी खण्ड समिति गठन

IMG-20240816-WA0300

बिजनबारी: अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले (एआईजीएसएफ) संगठनको सांगठनिक विस्तार अभियानलाई अघि बढाउँदै आज बिजनबारी खण्ड समिति गठन गरिएको छ। महासंघले पहाडको हरेक खण्ड विकासमा आफ्नो शाखा खोल्ने भएको जानकारी प्राप्त भएको छ। विद्यार्थीहरूको हितमा कार्य गर्ने उद्देश्यले स्थापित भएको अखिल भारतीय गोर्खा विद्यार्थी महासंघले (एआईजीएसएफ) बिजनबारीमा फेडेरेसनको शाखा गठन गरेको छ। आज १६ अगस्तको दिन बिजनवारी सार्वज‌निक भवनमा लोवर सिरिसे निवासी राजीब राईको सभापतित्वमा बसेको सभामा फेडेरेसनको कार्यकारिणी समितिको चयन गरिएको छ।
सभापछि सङ्गठनका सभापति दिपेश राईले बिजनबारीमा संगठन स्थापित भएको जानकारी गराउँदै भने, “टहामी बिजनबारी क्षेत्रका विद्यार्थीहरूको हितमा कार्य गर्न नै संगठनलाई यहाँ सञ्चालन गर्न लागेका हौं।”
बिजनबारी कलेजमा आर्ट्स विषय मात्र पढाइन्छ। विज्ञान अनि कमर्स विषय पढ्नु विद्यार्थीले अन्य ठाउँमा जानु पर्छ। स्थानीय कलेजमा सबै विषय पढ्नु पाइए विद्यार्थीले बाहिर जानु पर्दैन। दिपेश राईले यो मुद्दालाई जीटीए चिफ् अनित थापासँग उठाउने बताएका छन्।

संगठनको कार्यकारिणी समितिमा सभापति दिपेश राई रहेका छन् भने उप सभापतिको कार्यभार आर्यण राई अनि सुजल राईलाई दिइएको छ। त्यसरी नै सचिवको कार्यभार राजिव राईलाई दिइयो भने सह सचिवको रूपमा ऋतु राई चयन भएका छन्। संगठनलाई सञ्चालन गर्न अन्य दश सदस्यहरूलाई सल्लाहकारको रूपमा राखिएको छ। उनीहरू क्रमैले प्रणय गुरूङ, राजिप राई, असीत मगर, आङछिरिङ लेप्चा, मञ्जिल सुब्बा, रोहित छेत्री, रिन्छेन तामाङ, विन्दिका छेत्री, दिपिका छेत्री अनि मनिता राई हुन्।
एआईजीएसएफले कलेजमा नयाँ भर्ना समय विद्यार्थीहरुलाई सहयोग पुर्याउँदै आएको छ। यो संगठन भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको भातृ सङ्गठन हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement