डीवाईएफआईद्वारा विरोध प्रदर्शन

IMG-20240816-WA0230

जलपाई: सीपीआईएमको युवा संगठन डेमोक्रेटिक युथ फेडरेशन अफ इण्डियाले शुक्रबार बिहान जलपाईगढी जिल्लाको धुपगढी पुलिस स्टेशन अगाडि विरोध प्रदर्शन गर्‍यो। राज्य पुलिसले  डीवाईएफआई, एसएफआई नेताहरूलाई झुटा मुद्दामा फसाउने षड्यन्त्र गरिरहेको प्रदर्शनकारीहरूले आरोप लगाए। घटनाको बारेमा गुनासो गर्दै डीवाईएफआईका जलपाईगढी जिल्ला अध्यक्ष नूर आलमले भने, ‘अस्पतालको डाक्टर विद्यार्थीको हत्याको घटनाबाट मानिसहरूको ध्यान हटाउन बदमाशहरूले बुधबार राती अस्पतालमा तोडफोड गरे। यो घटनालाई राज्य र विश्वका जनताले विभिन्न सञ्चार माध्यमबाट देखेका छन्। वामपन्थी युवा नेतृत्व, जुन यस घटनासँग कुनै पनि हिसाबले जोडिएको छैन, अझै पनि तृणमूल कांग्रेसको इशारामा राज्य पुलिसलाई झूटो मुद्दामा फसाउन खोजिरहेको छ।‘

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement