अलिपुरद्वारमा बन्दको प्रभाव देखिएन

IMG-20240816-WA0173

 अलिपुरद्वार: अलिपुरद्वारमा बन्दको कुनै प्रभाव परेन। सरकारी बस र अन्य सवारीसाधन चल्यो। आज एसयुसीआईले बंगाल बन्दको समर्थनमा र्‍याली निकाल्यो। साथै, बन्दको समर्थनमा अलिपुरद्वारका एसयुयूसीआई समर्थकहरू आज बिहानैदेखि बक्सा फिडर रोडमा पिकेटिंगमा देखिए। तर अलिपुरद्वारमा बन्दको कुनै प्रभाव देखिएन। पसलहरु खुला रहयो। उत्तर बंगल राज्य यातायात बस र अन्य सवारीहरु चलिरह्यो। गैरसरकारी बसहरु मात्र बन्द थियो। आरजी कर मेडिकल कलेजका मेडिकल विद्यार्थीको हत्याका दोषीलाई तत्काल कारबाही गर्न बन्दका समर्थकहरूले माग गरेका छन्।

About Author

Advertisement