गोर्खा जन पुस्तकालयद्वारा ७८औँ स्वतन्त्रता दिवससँगै कप्तान रामसिंह ठकुरीको जन्म जयन्ती पालन

IMG-20240816-WA0274

खरसाङ: देश स्वतन्त्रताको अमृतकालमा भारतीय गोर्खाहरूका सबैभन्दा जेठो संस्था गोर्खा जन पुस्तकालय, खरसाङले राष्ट्रको ७८औँ स्वतन्त्रता दिवस पालन गऱ्यो। पुस्तकालयका सचिव विनोद रसाइलीद्वारा पुस्तकालयको छतमा अवस्थित सानो प्राङ्गनमा देशको राष्ट्रिय ध्वज अर्थात् तिरङ्गा झण्डा उत्तोलन गरी यस वर्षको स्वतन्त्रता दिवस पालन गरियो।त्यसपछि राष्ट्रिय गीत ‘जनगन मन..’धुनका जनक तथा स्वतन्त्रता सेनानी कप्तान रामसिंह ठकुरीको १११औँ जन्म जयन्ती आजको दिन नै परेको हुनाले खरसाङको कप्तान रामसिंह ठकुरी पथस्थित कप्तान ठकुरीको मूर्तिमा धुपदीप तथा माल्यार्पण गरी श्रद्धाञ्जली अर्पण गरियो। विशेष आजको दिन स्वतन्त्रता दिवसको राष्ट्रिय पर्व देशले धुमधामसँग मनाइरहेको बेला कप्तान रामसिंह ठकुरीको जन्म जयन्ती ओझेलमा पर्नु स्वाभाविक नै भए तापनि गोजपुले भने उनको मूर्ति स्थापनाकाल अर्थात् २०१९ देखि यसो सामान्य रूपले भए पनि पालन गर्दै आइरहेछ। स्मरण रहोस्, कप्तान रामसिंह ठकुरीको जन्म हिमाचल प्रदेशको धर्मशाला नजिक खनियारा भन्ने ठाउँमा भएको थियो।

नेताजी सुभाषचन्द्र बोसद्वारा स्थापित आजाद हिन्द फौजमा उनी एक अभिन्न हिस्सा थिए। जन गन मन बाहेक उनले ‘कदम कदम बढ़ाए जा, शुभ सुख चैन के बर्खा बरसे, हम भारत की लड्की..’तथा असङ्ख्य देशभक्ति गीतहरूमा सङ्गीत भरेका थिए। यस्ता महान विभूतिलाई उनको जन्मदिनमा सम्झना मात्र गर्नु पनि हाम्रो सामाजिक दायित्व हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement