ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा २ जनाको मृत्यु

IMG-20240816-WA0265

झापा: पूर्व पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको कञ्चनरुप नगरपालिकामा डिजेल बोकेको ट्याङ्कले मोटरसाइकलमा ठक्कर दिँदा दुईजनाको मृत्यु भएको छ।
मृत्यु हुनेमा मोटरसाइकलमा चालक सुनसरीको हरिनगरा गाउँपालिका २ निवासी ४१ वर्षीय महेश कुमार मेहता र पछाडि सवार ४२ वर्षीय जयप्रकाश मेहता छन्।
महेशको घटनास्थलमै र जयप्रकाशको उपचारको क्रममा मृत्यु भएको सप्तरीका प्रहरी प्रवक्ता डिएसपी ढुंडीराज न्यौपानेले जानकारी दिए।डिएसपी न्यौपानेका अनुसार आज दिउँसो कन्चनपुरबाट भारदहतर्फ जाँदै गरेको डिजेल लोड गरेको को १ ख ७४१४ नम्बरको ट्याङ्कर र विपरीत दिशाबाट आउँदै गरेको मोटरसाइकल कञ्चनरुप नगरपालिका १० स्थित आपसमा ठोक्किँदा दुर्घटना भएको हो।
ट्याङ्कर चालक सिरहा जिल्ला कर्जना नगरपालिका ३ निवासी ३२ वर्षीय मिथलेश यादव पनि घाइते भएका छन्। अहिले ठेलियास्थित धर्मेश्व अस्पतालमा उपचाररत रहेको र अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।दुर्घटनापछि इलाका प्रहरी कार्यालय कन्चनपुर, सप्तरीले मोटरसाइकल र ट्याङ्करलाई नियन्त्रणमा लिएको छ र घटनाबारे थप अनुसन्धान जारी रहेको जनाएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement