एसयुसीआईको बन्द प्रभाव कोचबिहारमा खासै देखिएन

IMG-20240816-WA0152

कोचबिहार: आरजी कर अस्पतालमा प्रशिक्षार्थी महिला डाक्टरको हत्याको विरोधमा एसयुसीआईद्वारा आह्वान गरिएको हडतालले कोचबिहारमा खासै प्रभाव पारेन। सरकारी बस बिहानैदेखि सञ्चालनमा आएको छ। सडकमा साना सवारीसाधनलगायत विभिन्न सवारीसाधनहरु स्वाभाविक रुपमा गुडिरहेका छन्। कतिपय निजी बस बन्द भए पनि त्यसको असर भने देखिएको छैन। बिस्तारै पसलहरु खुल्दैछन्। यहाँ आज बिहान कुचबिहार सहरमा एसयुसीआईले बन्दको समर्थनमा जुलुस निकाल्दा पुलिसले जुलुसलाई रोक्यो र आन्दोलनकारीलाई हिरासतमा पनि लिएको थियो।

About Author

Advertisement