सिलगढी: आरजी कर घटनालाई लिएर राज्यभर विरोध प्रदर्शन भइरहेको छ। यसै सन्दर्भमा आज प्रतिवाद मञ्चले उत्तर बङ्गाल विश्वविद्यालयको मुख्य गेट अगाडि विशाल विरोध प्रदर्शन गरेको छ। एसयूसीआईको हडताललाई पनि समर्थन गरिएको छ। प्रतिवाद मञ्चका सदस्यहरूले हातमा प्लेकार्ड र पोस्टर लिएर विरोध गरेका थिए। गैरराजनीतिक संस्थाको तर्फबाट यस घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई यथाशीघ्र पक्राउ गरी कडाभन्दा कडा कारबाही गर्न माग गरिएको छ।