युनाइटेड घूम्ती स्पोर्टिंग क्लब च्याम्पियन

IMG-20240816-WA0128

खरसाङ: ७८औं इण्डिपेण्डेन्स डे सेलिब्रेशन कमिटीको सहयोगितामा खरसाङ सब डिवीजनल स्पोर्ट्स एसोसिएशनद्वारा आयोजित ७८औं इण्डिपेण्डेन्स कप नक्आउट फूटबल टुर्नामेण्टमा युनाइटेड घूम्ती स्पोर्टिंग क्लब च्याम्पियन भयो। भिक्टोरिया स्कूल मैदानमा बिहीवार खेलिएको फाइनल म्याचमा युनाइटेड घूम्ती स्पोर्टिंग क्लबले हिल्स फूटबल एकाडमीलाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई बिशुद्ध चाँदीले बनाइएको ट्रफीको साथमा २० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। साल १९६९-मा बनाइएको यस ट्रफीको ओजन लगभग १.५ किलोग्राम रहेको छ। यसरी रनरअप् टीमलाई पनि आकर्षक ट्रफी र १० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। फाइनलमा रेफरीको भूमिका निर्मल गुरुङले निर्वाह गरेका थिए। यसरी एसिस्टेण्ट रेफरीको भूमिकामा फुर्बा तामाङ र बिकास तामाङ रहेका थिए।
व्यक्तिगत पुरस्कारहरूः
प्लेयर अव् द म्याचः सोहित थिंग (हिल्स फूटबल एकाडमी)
प्लेयर अव् द टुर्नामेण्टः इशान्त भुजेल (जेआर ३२ फूटबल एकाडमी)
बेस्ट गोलकीपरः नागेश भुजेल (युनाइटेड घूम्ती)
हाईएस्ट स्कोररः सुशान्त तामाङ (सेण्ट अल्फन्सस स्कूल)

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement