इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेन च्याम्पियन

IMG-20240816-WA0107

सिलगढ़ी: सालुगढ़ा नेत्र बिन्दु संघको आयोजनमा जारी इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा मनजीत इलेभेन च्याम्पियन भयो। सालुगढ़ा खेल मैदानमा बिहीवार खेलिएको फाइनल म्याचमा मनजीत इलेभेनले गत सालको उपविजेता सिलगढ़ी युनाइटेड फूटबल क्लबलाई ४-०-ले पराजित गऱ्यो । म्याचको मध्यान्तरसम्म दुवै टीमले गोल गर्न सकेन तर दोस्रो हाफमा लगातार ४ गोलको साथ मनजीत इलेभेनले खिताब जित्यो। विजेता टीमबाट सुरज काम्तीले ४०औं र ७०औं मिनटमा २ गोल गरे। यसबाहेक सौरभ तामाङले ६५औं र बिकुले ६७औं मिनटमा गोल गरे। टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा १ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनरअप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा ५० हजार रुपियाँको नगद पुरस्कार प्रदान गरियो। मनजीत इलेभेनका कप्तान सुरज काम्तीले प्लेयर अव् द म्याचको पुरस्कार जिते। उनलाई ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो। यसरी त्यही टीमका युवा फरवर्ड सौरभ तामाङले प्लेयर अव् द टुर्नामेण्टको पुरस्कार (तीन तोलाको ब्रेसलेट) जिते।

यसको साथमा जूनियर वर्गमा च्याम्पियन र रनरअप हुने टीमलाी पनि ट्रफी र मेडलहरू प्रदान गरियो। भेटरन्स वर्गको च्याम्पियन र रनरअप् टीमलाई पनि ट्रफीको साथमा नगद पुरस्कार प्रदान गरियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement