सिक्किम ड्रेगन्स एफसी च्याम्पियन

IMG-20240816-WA0087

पाक्योंग: पाक्योंग स्पोर्टिंग क्लबको सहयोगमा पाक्योंग प्रोग्रेसिभ युथस-द्वारा आयोजित ७८औं इण्डिपेण्डेन्स डे नक्आउट फूटबल टुर्नामेण्टमा सिक्किम ड्रेगन्स फूटबल क्लब च्याम्पियन भयो। पाक्योंग सेण्ट जेभियर्स स्कूल मैदानमा बिहीवार खेलिएको फाइनल म्याचमा सिक्किम ड्रेगन्स एफसी-ले जेवीसी सिंगतामलाई ५-१-ले पराजित गऱ्यो। यस नाइन ए साइड टुर्नामेण्टमा च्याम्पियन हुने टीमलाई आकर्षक ट्रफीको साथमा ३ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो। यसरी नै रनर अप् हुने टीमलाई आकर्षक ट्रफीको साथमा २ लाख रुपियाँको नगद पुरस्कार प्रदान गरियो।

यसरी च्याम्पियन सिक्किम ड्रेगन्स फूटबल क्लबका जोसेफ फोफानाहलाई प्लेयर अव् द म्याच चयन गरियो, जसले फाइनलमा २ वटा गोल गरे। यसरी त्यही टीमका सुराग छेत्रीले प्लेयर अव् द टुर्नामेण्टको ट्रफी जिते।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement