झापा: सुनसरीको सिमावर्ती क्षेत्र रहेको हरिनगर गाउँपालिका वडा नं. २ नर्ककटिया स्थित शास्त्र प्रहरी बेस्केम्प भुटाहा र नेपाल प्रहरी भुटाहाको संयुक्त टोलीले २२० केजी गाँजा बरामद गरेको छ।
भुटाहादेखि घुस्की जाने क्रममा स्कारपियु बीआर-११-टी-१६०० गाडीमा संका लागे पछि चेक जाँच गर्ने क्रममा उक्त गाँजा प्रहरीले स्कारपियुबाट बरामद गरेकाे हो।
हाल स्कारपियुमा सवार रहेका यात्रु र चालक दलका सबै सदस्यहरु स्कारपियो छोडेर फरार भइसकेका शास्त्र प्रहरी बेस्केम्प भुटाहा र नेपाल प्रहरी भुटाहाले जानकारी दिएको छ। हाल गाडी चालकको खोजी तलाश भइरहेको समेत बेस्केम्प भुटाहाले जानकारी दिए।