यती एयरलाइन्सले पायो अन्तर्राष्ट्रिय हवाई सुरक्षाको ‘आईएसएसए’ प्रमाणपत्र

IMG-20240816-WA0041

झापा: नेपालको निजी वायुसेवा कम्पनी यती एयरलाइन्सले ‘इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन’(आएटा) को ‘आईएसएसए’(आएटा स्ट्यान्डर्ड सेफ्टी एसेसमेन्ट) कार्यक्रमको मापदण्ड हासिल गरेको छ।
उड्डयन क्षेत्रमा आईएसएसएको यो प्रमाणपत्र उत्कृष्ट हवाई सुरक्षा कायम गर्ने वायुसेवालाई मात्र प्रदान गरिएको छ।
यस विषयमा यतीका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुभाष सापकोटाले आईएसएसएको प्रमाणपत्र प्राप्त गर्न पाउँदा धेरै नै खुसी लागेको बताए।
‘हवाई सुरक्षा र परिचालन प्रक्रियाको गुणस्तर बढाउने हाम्रो प्रयासमा यो एउटा महत्त्वपूर्ण उपलब्धि हो। यो उपलब्धिले हाम्रो सम्पूर्ण टोलीको कडा परिश्रम र समर्पण प्रतिविम्बित गरेको छ,’ सीईओ सापकोटाले भने, ‘साथै यात्रुलाई सुरक्षित र भरपर्दो हवाई यात्रा अनुभव प्रदान गर्ने हाम्रो प्रतिबद्धतालाई थप पुष्टि गरेको छ।’

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement