भैरहवा र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउन्ड ह्याण्डलिङ शुल्क र भ्याट छुट

IMG-20240816-WA0042

झापा: नेपाल सरकारले भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्नका लागि टिकटदेखि इन्धनसम्म सहुलियत दिने भएको छ।
प्रधानमन्त्रीको नेतृत्वमा सम्बन्धित मन्त्रालयका मन्त्री र पदाधिकारीसहित बसेको बैठकले दुईवटै विमानस्थल पूर्ण क्षमतामा सञ्चालन गर्ने विकल्प र उपायहरूबारे अध्ययन गर्न बनेको कार्यदलले दिएका सुझावका आधारमा सहुलियत दिन लागेको हो।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्रीप्रसाद पाण्डेले दुई अन्तर्राष्ट्रिय विमानस्थल पूर्ण क्षमतामा सञ्चालनमा ल्याउन हवाई टिकट, ग्राउन्ड ह्याण्डलिङ, हवाई इन्धनमा आगामी २०२६ साल सितम्बरसम्म सहुलियत दिने कार्य योजना बनाएको बताए। मन्त्री पाण्डेले कार्यदलले दिएको सुझाव र एयरलाइन्सहरूले खोजेको सहुलियतका आधारमा सरकारले ग्राउन्ड ह्याण्डलिङमार्फत लिने सेवा शुल्क आगामी २०२६ सितम्बरसम्म नलिने योजना बनाएको बताए।
सरकारले पर्यटन बोर्डले प्रतिटिकट लिने शुल्क पनि उक्त समयभर दुई विमानस्थलको हकमा नलिने गरी सहुलियत दिन लागेको र हवाई टिकटमा लगाउने गरेको भ्याट पनि आगामी २०२६ सितम्बरसम्म नलिने योजना रहेको बताउनुभयो।
इन्धनको विषय उद्योग वाणिज्य मन्त्रालयसँगको समन्वयमा काठमांडूको विमानस्थलमा इन्धनको मूल्य भन्दा भैरहवामा सस्तोमा लिनेगरी कार्य योजना बनेको छ। अध्यागमन कार्यालय सञ्चालन,भिसा सेन्टरको लागि श्रम र परराष्ट्र मन्त्रालयले व्यवस्थापन गर्ने योजना बनेको मन्त्रालयले जनाएको छ।
पोखरा अन्तर्राष्ट्रिय विमानस्थल र गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल राष्ट्रिय गौरवका आयोजना भएकाले यसको सञ्चालनमा सबैले सहयोग जरुरी रहेको मन्त्रालयले जनाएको छ। विमानस्थल सञ्चालनको लागि विभिन्न उपायहरूमा विमानस्थल सञ्चालनको लागि सहुलियतको प्रबन्ध सरकारले गरिदिनुपर्ने एयरलाइन्सहरूको माग थियो।
सो मागअनुसार सरकारले ग्राण्डमार्फत लिनुपर्ने सेवा शुल्क आगामी २०२६ सितम्बरसम्म नलिने र पर्यटन बोर्डले प्रतिटिकट लिने गरेको शुल्क उक्त समयभर दुई विमानस्थलको हकमा नलिने र सरकारले हवाई टिकटमा लगाउने गरेको भ्याट पनि तोकिएको समयका लागि नलिने सहुलियत दिने भएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement