गठ्ठाघर दुर्घटनाका मृतक पुरुष रहेको प्रहरीको पुष्टि

IMG-20240816-WA0014

झापा: भक्तपुरको मध्यपुरठिमी नगरपालिका-३ स्थित गठ्ठाघरमा भएको सवारी दुर्घटनामा मृत्यु हुने स्कुटर चालक पुरुष रहेको प्रहरीले बताएको छ।
जिल्ला प्रहरी परिसर भक्तपुरका डिएसपी राजन कार्कीले मृतक अन्दाजी ४०/४५ वर्षका पुरुष रहेको जानकारी दिए। तर उनको पहिचान भने खुलीसकेको छैन। हाल शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल पठाइएको उनले जनाए।
ना ६ ख २१७३ नम्बरको ट्रकले बा ३९ प ८९४४ नम्बरको स्कुटरलाई ठक्कर दिँदा स्कुटरमा सवार व्यक्तिको घटनास्थलमै मृत्यु भएको थियो।
प्रत्यक्षदर्शीका अनुसार, कौशलटारबाट गठ्ठाघरतर्फ गइरहेको तीव्र गतिको ट्रकले ट्राफिक चेकिङका लागि रोकिराखेको स्कुटरलाई ठक्कर दिएको थियो। ट्रकले स्कुटरलाई करिब एक सय मिटरसम्म घिसारेको प्रत्यक्षदर्शीले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement