सिलगढी: एक युवक सिलगढीको सडकमा बन्दुक र जिउँदो कारतूस लिएर हिँडिरहेका थिए। तर, कुनै ठूला आपराधिक घटना गर्नुअघि नै पुलिसले अभियुक्तलाई पक्राउ गरेको छ। युवकको नाम शिवशंकर यादव रहेको बताइएको छ। उनी प्रधाननगर पुलिस थाना अन्तर्गतको ग्यास गोदाम क्षेत्रमा बस्छन्। तर मूलतः उनी उत्तर प्रदेशका बासिन्दा हुन्। पुलिसलाई गोप्य श्रोतबाट दार्जिलिङ टर्न नजिक एक युवक हतियार लिएर हिँडिरहेको जानकारी प्राप्त भएको बताइएको छ। त्यसपछि प्रधाननगर थानाको प्रहरीले अपरेशन गर्दै दार्जिलिङ टर्न नजिकै धरमकाटा नजिकै एक युवकलाई शंकाको आधारमा पक्राउ गरेको हो। खोजीका क्रममा युवकको साथबाट एक थान पेस्तोल र जिउँदो कारतूस बरामद भएको छ। त्यसपछि पुलिसले आरोपीलाई पक्राउ गरेको थियो।
आरोपीलाई भोलि सिलगढी अदालतमा पेश गरिनेछ। आखिर युवकले हतियार कहाँबाट पाए र उनको उद्देश्य के थियो?भनि पुलिसले जांच थालेकाे छ।