स्वतन्त्रता दिवसमा सीपीएम-को मानव श्रृङ्खला कार्यक्रम

Capture-4 (1)

राजगञ्ज: स्वतन्त्रता दिवसको अवसरमा आज सीपीएमले मानव श्रृङ्खला कार्यक्रमको आयोजना गऱ्यो। उक्त कार्यक्रम आज राजगञ्ज बजारमा आयोजना गऱ्यो। पार्टी कार्यकर्ता साथै समर्थकहरू सडकको किनार उभिएर लाइनमा लागेर मानव श्रृङ्खला कार्यक्रममा सामेल भएका थिए। यस सम्बन्धमा संगठनका नेतृत्वहरूले बताए अनुसार प्रत्येक वर्ष स्वतन्त्रता दिवसको दिन सीपीएमको तर्फबाट मानव शृङ्खला कार्यक्रमको आयोजना गरिन्छ।
आज मानव श्रृङ्खला कार्यक्रममा आरजी कर घटनामा सामेल सबै अपराधीलाई कठोर सजाय दिनु पर्ने मांग गरिरहेको र यसको साथै बङ्ग्लादेशमा भइरहेको अशान्ति विरूद्ध सबैलाई एकजुट हुने आह्वान पनि तिनीहरूले गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement