सिलगढीमा फहरायो ६५ फिट अग्लो तिरंगा

Untitled-8-1024x576 (1)

सिलगढी: देशभरिमैं आज १५ अगस्तको दिन देशको ७८औं स्वतन्त्रता दिवस मनाइरहेको छ। यस अवसरमा आज सिलगढीमा ६५ फिट अग्लो तिरंगा फहराइयो। सिलगढीको महात्मा गाँधी मोडमा मेयर गौतम देवले उक्त तिरंगा झन्डा फहराए। यस अवसरमा मेयरले सबैलाई स्वतन्त्रता दिवसको शुभकामना दिए।स्वतन्त्रता दिवसलाई लिएर देशको सबै राज्यमा विशेष कार्यक्रमहरूको आयोजना भइरहेको छ। यसैक्रममा, सिलगढीको विभिन्न ठाउँमा पनि स्वतन्त्रता दिवस धूमधामले आज पालन भइरहेको छ। यसैबीच, शहरको महात्मा गाँधी मोडमा आज बिहिबार ६५ फीट अग्लो तिरंगा फहराइयो। यस अवसरमा मेयर गौतम देव, डिप्टी मेयर रञ्जन सरकार लगायत पार्षद अनि मेयर परिषद उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement