मंगन जिल्लामा ७८औं स्वतन्त्रता दिवस पालन

n6267363961723738430088a022935294a323ee627fe8276074ac3ac2af6406964d32221725d5eb87002f61

मंगन:१२ मंगन जिल्ला अन्तर्गत चुङथाङस्थित महकुमा कार्यालयमा आज ७८औं स्वतन्त्रता दिवस पालन गरियो। कार्यक्रममा महिला एवं बाल विकास विभागका मन्त्री साम्डुप लेप्चा मुख्य अतिथि थिए।
मुख्य अतिथि मन्त्री लेप्चाले राष्ट्रिय ध्वज फहराए। यस अवसरमा आईटीबीपी, एनसीसी र सिक्किम सशस्त्र पुलिसले गार्ड अफ् अनर दिएको थियो।
कार्यक्रममा राज्यपालको सन्देश चुङथाङका एसडीएम अरुण छेत्री तथा मुख्यमन्त्रीको सन्देश चुङथाङ बीएसीका सहायक निदेशकले पढेर सुनाए। स्वतन्त्रता दिवस समारोहमा चुङथाङका एसडीपीओ, एडीसी, एसीएफ, लाचुङका पिपन, ग्रेफ, आईटीबीपी र सेनाका अधिकारीहरू तथा स्थानीय मानिसहरूको सक्रिय सहभागिता थियो।
समारोह अन्तर्गत रंगारंग सांस्कृतिक कार्यक्रम लगायत विभिन्न प्रतियोगिताहरू आयोजना गरिएको थियो। विजेताहरूलाई मन्त्री लेप्चाको बाहुलीद्वारा पुरस्कृत गरियो। कार्यक्रममा विभिन्न विभागका मेधावी कर्मचारीहरूलाई मुख्य अतिथिको बाहुलीद्वारा सम्मानित गरियो।
कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा मन्त्री लेप्चाले सरकारका विभिन्न योजना, नीति र उपलब्धिहरूमाथि प्रकाश पारेका थिए। उनले मंगन जिल्लाको सन्दर्भमा सरकारले गरिरहेका विकास कार्यहरूको बारेमा पनि जानकारी गराए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement