डीआईजी प्रताप प्रधानलाई राष्ट्रपति पुलिस पदकले विभूषित गरिने

WhatsApp-Image-2024-08-15-at-05.54.31

गान्तोक: सिक्किम पुलिसका उप-महानिरीक्षक (डीआईजी) प्रताप प्रधान राष्ट्पति पुलिस पदक (प्रेसिडेन्ट पुलिस मेडल)-द्वारा पुरस्कृत हुने भएका छन्। उनी सिक्किम पुलिसको विशेष शाखाका डीआईजीका रूपमा सेवारत छन्।  उनलाई भारत सरकारको गृह मन्त्रालयले यस गरिमामय पदकको निम्ति चयन गरेको छ। पूर्व सिक्किमको रिनाक रुङदुङ निवासी डीआईजी आईपीएस प्रताप प्रधान पछिल्लो तीस वर्षदेखि एक समर्पित पुलिस अधिकारीका रूपमा सेवारत छन्। सन् २०१० ब्याचका आईपीएस प्रधानले सन् १९९४ मा उप-पुलिस अधिक्षक (डीएसपी)को पदमा पुलिसमा नियुक्त भएका हुन्। उनले प्रारम्भिक शिक्षा पाकिम जिल्लाअन्तर्गत पाचेखानी अनि त्यसपछि देवराली स्कूलबाट ग्रहण गरेका हुन्। सानैदेखि मेधावी विद्यार्थीका रूपमा रहेका प्रधानले हरियाणाको सोनिपतस्थित मोतीलाल नेहरु स्कूल अफ् स्पोर्ट्स  मोतीलाल नेहरू स्कूल अफ् स्पोर्ट्समा अध्ययन गर्ने छात्रवृत्ति प्राप्त गरेका हुन्।  पुलिस अधिकारीका रूपमा नियुक्त हुनअघि उनी  लेखा अधिकारीका रूपमा पनि सिक्किम सरकारमा सेवा पुऱ्याएका हुन्।

अध्ययनको क्रममा लगभग डेढ वर्ष उनले पत्रकारिता क्षेत्रमा पनि काम गरेका हुन्। प्रधानले सिक्किम एक्सप्रेसमा संवाददाताका रूपमा  कार्य गरेर पत्रकारिताको अनुभव पनि ग्रहण गरेका हुन्।  पिता मङ्गलसिंह प्रधान र माता भक्तिमाया प्रधानको कोखबाट सन् १९७० मा जन्मग्रहण गरेका हुन्। एक निम्न वर्गीय परिवारमा जन्म ग्रहण गरेका प्रधान धेरै संघर्ष गरेर एक पुलिस अधिकारीको पदमा पुग्न सफल भएका हुन्। ५४ वर्षीय डीआईजी प्रधानलाई स्वतन्त्रता दिवसको अवसरमा  उनको अनुकरणीय एवं सराहनीय सेवाको उच्च कदर गर्दै राष्ट्रपति पुलिस मेडलको घोषणा गरिनेछ। उनलाई राष्ट्रपति पदकले विभूषित गरिने खबरले सिक्किमलाई नै गौरान्वित तुल्याएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement