पाकिम: ७८औं स्वतन्त्रता दिवसको अवसरमा आयोजित खुल्ला फुटबल प्रतियोगिताको उपाधि सिक्किम ड्रेगन्सको झोलीमा परेको छ। सन्त जेभियर्स स्कूलको खेलमैदानमा चलिरहेको उक्त प्रतियोगिताको फाइनल खेल आज सिक्किम ड्रेगन्स र जेभीसी सिङतामबीच सम्पन्न भयो, जसमा सिक्किम ड्रेगन्स ५-१ ले विजयी बन्यो।
यस अवसरमा मुख्य अतिथिको रूपमा उपस्थित खेल एवं युवा मामिला विभागका मन्त्री राजु राईको बाहुलीद्वारा विजेता दललाई ट्रफीसहित ३ लाख रूपियॉं नगद तथा उपविजेता दललाई ट्रफीसहित २ लाख रूपियॉं नगद प्रदान गरियो। विजयी दलका खेलाडी जोसेफ म्यान अफ् द म्याच र सुरज छेत्रीलाई प्लेयर अफ् द टुर्नामेन्ट चयन गरियो।
यसो समारोहमा जिल्ला अध्यक्ष लाडेन ल्हमु भोटिया, जिल्लापाल अगवाने रोहन रमेश, एडीसी, साङ्गे ग्याछो भोटिया, एडीसी रोबिन सेवा, एसडीएम डाकमान सुब्बा तथा अन्य गणमान्य व्यक्तिहरू पनि उपस्थित थिए।