देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा मुख्यमन्त्री तामाङले दिए हार्दिक बधाई एवं शुभकामना

n62673120917237376126968e104b41105de30e007592ebeec0cb7ea89c31595a7b747c864eae6f4f49f03b

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा सिक्किमका जनतालगायत सम्पूर्ण देशवासीहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका छन्।
राज्यस्तरीय स्वतन्त्रता दिवस समारोह आज राजधानीको पाल्जोर स्टेडियममा पालन गरियो।
कार्यक्रममा मुख्य अतिथिका रूपमा उपस्थित मुख्यमन्त्रीले हामी स्वतन्त्रता दिवस मनाउॅंदै थप समावेशी र समृद्ध भविष्यको लागि प्रयास गर्ने क्रममा स्वतन्त्रता सेनानीहरूको पनि स्मरण गर्दछौ, जसका बलिदानहरू प्रेरणाको स्रोत बनेको बताए। उनले आगामी वर्ष २०२५ मा सिक्किम राज्य स्थापनाको ५० वर्ष पुगिरहेको जानकारी गराउॅंदै यस अवसरमा राज्य सरकारले सुनौलो सिक्किम, समृद्ध सिक्किम र समर्थ सिक्किमको थीममा एक वर्षव्यापी कार्यक्रम आयोजना गर्ने योजना बनाएको बताए।
मुख्यमन्त्रीले यस अवसरको महत्वमाथि प्रकाश पार्दै समारोहमा देशका प्रधानमन्त्रीलाई आमन्त्रित गरिने बताए। उनले वार्षिकोत्सव कार्यक्रमहरूको सफलता सुनिश्चित गर्न विभिन्न विभागहरूलाई विस्तृत योजना र रणनीति तयार गर्न निर्देश दिएको बताए। उनले यस एक वर्षव्यापी कार्यक्रममा सिक्किमको उपलब्धि, संस्कृति र भविष्यका लागि भिजन प्रदर्शित गर्ने लक्ष्य रहेको जानकारी गराए।
मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा इन्टरनेट, गूगल र आर्टिफिशियल इन्टीलिजेन्सको समयमा आफ्नो सांस्कृतिक धरोहरको संरक्षण गर्नुपर्ने विषयमा बल दिए। उनले सांस्कृतिक परमपरा, मूल्य र अस्तित्वहरूको संरक्षण गर्दै आधुनिक प्रविधिलाई अंगाल्ने दोस्रो जिम्मेवारी वहन गर्नुपर्ने बताए। उनले हाम्रो समाजको आधार हाम्रो परम्परा र मूल्यहरू हुन् भन्दै भावी पीढीका लागि यसको संरक्षण गर्नु आवश्यक रहेको बताए।
उनले आफ्नो सम्बोधनमा पर्यावरणको सुरक्षामाथि पनि प्रकाश पारे। उनले एक पेड मॉं के नाम पहल अन्तर्गत प्रत्येक नागरिकलाई आफ्नो आमाको नाममा रुख रोप्न आह्वान गरे। उनले विकसित एवं समृद्ध भारत निर्माणको निम्ति समाजका हरेक वर्गबाट संयुक्त प्रयास आवश्यक रहेको बताए।
यस अतिरिक्त मुख्यमन्त्रीले आफ्नो सम्बोधनमा राज्य सरकारले राज्यवासीहरूको कल्याणलाई ध्यानमा राख्दै शुरू गरेका विभिन्न योजनाहरूको बारेमा जानकारी गराए। उनले विशेष रूपमा सिक्किम आमा सशक्तिकरण योजना, बहिनी योजना र मेरो रुख मेरो सन्तति पहलमाथि प्रकाश पारे। यसैगरी, उनले स्वास्थ्य, पशुपालन, पर्यटन, शिक्षा आदि जस्ता महत्त्वपूर्ण क्षेत्रहरूको समग्र विकासको महत्वमाथि प्रकाश पारे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement