गान्तोक: सिक्किम उच्च न्यायालयले आज आफ्नो न्यायालय परिसरमा ७८औं स्वतन्त्रता दिवस पालन गऱ्यो। यस अवसरमा मुख्य अतिथिका रूपमा उपस्थित सिक्किम उच्च न्यायालयका मुख्य न्यायाधीश न्यायमूर्ति विश्वनाथ सोमाद्दर तथा न्यायाधीशद्वय न्यायमूर्ति मीनाक्षी मदन राई र न्यायमूर्ति भाष्करराज प्रधान विशिष्ट अतिथि थिए।
मुख्य न्यायाधीशले राष्ट्रिय झण्डा फहराएपछि उपस्थित सबैले राष्ट्रिय गान गाए।
उच्च न्यायालयमा राष्ट्रिय ध्वज फहराएपछि सोच्यागाङस्थित सिक्किम जुडिशियल एकाडेमीमा दोस्रो चरणको कार्यक्रम आयोजन भयो। यहॉं सिक्किम उच्च न्यायालय, सिक्किम जुडिशियल एकाडेमी, रमेन्ती संगीत एकाडेमी, तपश्री डान्स एकाडेमी, संस्कृति विभाग र सर टाशी नामग्याल उच्चतर माध्यमिक विद्यालयका विद्यार्थीहरूले रंगारंग सांस्कृतिक कार्यक्रम प्रस्तुत गरे।