एनएचआईडीसीएललाई बन्द सडक मार्ग चाँडोभन्दा चाँडो खोल्ने आदेश

IMG_20220818_195436.jpg

नाम्ची: नाम्ची जिल्लाको बर्फुङ निर्वाचन क्षेत्रअन्तर्गत ढाड गाउँमा राभाङलादेखि लेगसेप जाने सडक मार्गको एनएचआईडीसीएलले गरिरहेको निर्माण कार्य बर्खेझरीका कारण व्यापक क्षति भएपछि बन्द अवस्थमा रहेको छ।

यस विषयलाई लिएर बर्फुङ क्षेत्रका विधायक टीटी भोटियाले आज उक्त स्थलको निरिक्षण-भ्रमण गरेका छन्। निरीक्षणको क्रममा विधायक भोटियाले स्थानीय गाउँलेहरु र विद्यार्थी नानीहरुको समस्यालाई ध्यानमा राख्दै एनएचआईडीसीएललाई बन्द सडक मार्ग चाँडोभन्दा चाँडो खोल्ने आदेश दिए। एनएचआईडीसीएलले पनि बन्द सडक मार्ग चॉंडो खोल्ने आश्वासन दिएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement