दार्जीलिङ प्रेस गिल्डद्वारा स्वतन्त्रता दिवस पालन

IMG-20240815-WA0307

दार्जीलिङ: दार्जीलिङ प्रेस गिल्डद्वारा आज ७८औं स्वतन्त्रता दिवस पालन गरियो। प्रेस गिल्डको निजी कार्यालयमा वरिष्ठ पत्रकार सञ्जय विश्वास, जाफर अकिल, सविता थापा संकल्प, सुनिल शंकर लगायत दार्जिलिङ प्रेस गिल्डको सचिव आदित्य राया उपस्थित थिए। यस अवसरमा वरिष्ठ पत्रकार सञ्जय विश्वासद्वारा राष्ट्रिय झण्डा उत्तोलन गर्दै समूहले राष्ट्रिय गीत गाएर ७८औं स्वतन्त्रता दिवसको खुशीयाली मनाएका थिए। यस अवसरमा बोल्दै वरिष्ठ पत्रकार सञ्जय विश्वासले देशका अन्य स्वतन्त्रता सेनानीहरू जस्तै गोर्खा स्वतन्त्रता सेनानीहरुको राष्ट्र प्रतिको योगदानलाई सधैं याद गर्नु पर्ने कुरामा जोड दिए भने दार्जीलिङ प्रेस गिल्डको तर्फबाट सचिव आदित्य रायाले सबै सदस्यहरु लगायत पहाडवासीलाई स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।

About Author

Advertisement