गेजिङ: गेजिङ जिल्लाको राब्देन्सीस्थित जिल्ला प्रशासनिक केन्द्रमा आज देशको ७८औं स्वतन्त्रता दिवस पालन गरियो। यस अवसरमा जिल्लापाल यिस्से डी. योङ्गदाले पुलिस अधीक्षक छिरिङ शेर्पाको उपस्थितिमा राष्ट्रिय ध्वज फराइन् भनेे पुलिस विभागले गार्ड अफ् अनर दिए।
जिल्ला प्रशासनिक केन्द्र परिसरमा उपस्थित सबैले राष्ट्रय ध्वज फहराएपछि राष्ट्रिय गान गाए। यस अवसरमा जिल्ला प्रशासन र विभिन्न विभागका वरिष्ठ अधिकारीहरू, कर्मचारीहरू, पुलिसकर्मीहरू आदि उपस्थित थिए।