मिन्तोकगाङस्थित मुख्यमन्त्री सरकारी आवासमा स्वतन्त्रता दिवस पालन

n6266699491723727726498a1803368955b355738f9e7352262b2437b480ee392772f9785fcf48eeadfc805

गान्तोक: मुख्यमन्त्री प्रेमसिंह तामाङले आज बिहान देशको ७८औं स्वतन्त्रता दिवसको अवसरमा मिन्तोकगाङस्थित आफ्नो सरकारी आवासमा राष्ट्रिय ध्वज फहराए। उक्त जानकारी मुख्यमन्त्रीले आज आफ्नो आधिकारिक फेसबुक पेजमा दिएका छन्।मुख्यमन्त्रीले भने, ‘यो महत्त्वपूर्ण घटना हाम्रो राज्यको एकता र स्वतन्त्रताको गौरवमय उत्सव हो।’ समारोहको शुरूवात इण्डियन रिजर्भ बटालियनद्वारा गार्ड अफ् अनरका साथ गरियो। यस​पछि, राष्ट्रिय ध्वज फहराएको र सामूहिकरूपमा राष्ट्रिय गान गाएपछि देश स्वतन्त्रताको लडाईमा भएका अनगिन्ती बलिदानहरूप्रति श्रद्धाञ्जलि व्यक्त गरिएको उनले बताएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement